Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आँबुखैरेनी आउदै गरेको ट्याक्टर अदुवाखर्कमा दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

आँबुखैरेनी आउदै गरेको ट्याक्टर अदुवाखर्कमा दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

images
आँबुखैरेनी आउदै गरेको ट्याक्टर अदुवाखर्कमा दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु
images

आँबुखैरेनी, ८ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ अदुवाखर्कमा ट्याक्टर दुर्घटना भएको छ। गाउँबाट सामान लिन आँबुखैरेनी बजारतर्फ आउदै गरेको ग १ प ३७७० नं. को टयाक्टर आज बिहान अन्दाजी १० बजेतिर अदुवाखर्कमा दुर्घटना भएको हो। 
दुर्घटनामा परि १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का १ जना गम्भिर घाईते भएका छन्। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका २ अदुवाखर्कका अन्दाजी ३६ वर्षिय केशव दर्लामी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ। 
यस्तै दुर्घटनामा परि आँबुखैरेनी गाउँपालिका ३ का लिल बहादुर यादी गम्भिर घाईते भएका छन्। घाईतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको प्रहरीले बताएको छ। 

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १२:०५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology