Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राष्ट्रपति पौडेलको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

राष्ट्रपति पौडेलको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

images

इच्छाकामना न्युज

२, आषाढ २०८०
राष्ट्रपति पौडेलको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो । स्रोतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - ०९:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology