Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

प्रदेश सरकारको बजेटमा आँबुखैरेनी : ट्रमा अस्पताल स्थापनाको लागि बजेट व्यवस्था

प्रदेश सरकारको बजेटमा आँबुखैरेनी : ट्रमा अस्पताल स्थापनाको लागि बजेट व्यवस्था

images

इच्छाकामना न्युज

२, आषाढ २०८०
प्रदेश सरकारको बजेटमा आँबुखैरेनी : ट्रमा अस्पताल स्थापनाको लागि बजेट व्यवस्था
images

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकामा ट्रमा अस्पताल स्थापनाको लागि गरिरहेको पहलले अन्ततः सार्थकता पाउने सम्भावना बढेको छ । बिहिबार गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।०८१ को प्रस्तुत गरेको बजेटमा तनहुँमा ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्था गरेको उल्लेख छ । यो सँगै आँबुखैरेनीमा ट्रमा अस्पताल स्थापनाको सम्भावना बढेको हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमान निर्वाचित भएर आएसँगै ट्रमा अस्पताल स्थापनाको लागि प्रदेश र केन्द्र सरकारसँग पहल गरिरहेको थियो । केन्द्र सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।०८१ को बजेटमा नसमेटिएको भए पनि प्रदेश सरकारले भने यसका लागि सम्बोन्धन गरेको छ ।

अस्पताल स्थापनाको लागि प्रदेश सरकारले सम्बोन्धन गर्ने भएपछि आफ्नो पहलले सफलता पाउन लागेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘ट्रमा अस्पताल सञ्चालनमा आउन सके राजमार्गमा हुने दुर्घटनाको क्षतिमा न्युनिकरण गर्न सक्ने देखिन्छ, यसैले हामीले पहल गरेका हौं’ –उनले भने । आउने दिनमा केन्द्र सरकारले समेत सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए।

गाउँपालिकाले वडा नं. १ स्थित सत्रसयमा १०० बेडको ट्रमा अस्पताल सञ्चालनको लागि पहल गरिरहेको हो ।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - ०९:२७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology