Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जेठ महिनामा मनकामना केबलकार चढ्नेको संख्या १ लाख ५० हजार, केवलकार संचालनको २५ वर्षमा ऐतिहासिक रेकर्ड ब्रेक

जेठ महिनामा मनकामना केबलकार चढ्नेको संख्या १ लाख ५० हजार, केवलकार संचालनको २५ वर्षमा ऐतिहासिक रेकर्ड ब्रेक

images

इच्छाकामना न्युज

१, आषाढ २०८०
जेठ महिनामा मनकामना केबलकार चढ्नेको संख्या १ लाख ५० हजार, केवलकार संचालनको २५ वर्षमा ऐतिहासिक रेकर्ड ब्रेक
images

कुरिनटार, १ असार । मनकामना केबलकारले ऐतिहासिक रेकर्ड ब्रेक गरेको छ । २५ बर्षको ईतिहासमा पहिलो पटक एकै महिनामा १ लाख ५० हजार यात्रुले केबलकारको यात्रा गरेको छ । 

केबलकार प्रशासनले जानकारी दिए अनुसार स्थापनाको २५ बर्षमा पहिलो पटक ०८० साल जेष्ठ महिनामा पहिलो पटक एकै महिनामा करिब १ लाख ५० हजार यात्रुले केबलकारको यात्रा गरेको हो । 

आर्थिक बर्ष २०७९/०८० को जेष्ठ महिनामा मात्रै १ लाख ५० हजार यात्रुले यात्रा गरेको सञ्चालक राजेशकावु श्रेष्ठले बताए । ‘स्थापनादेखी पहिलो पटक जेष्ठ महिनामा १ लाख ५० हजार यात्रुले यात्रा गरेको’ भन्दै उनले भने, ‘आर्थिक बर्षको यो ११ महिनामा १० लाख २१ हजार २३९ जनाले यात्रा गरेको छ ।’ 

गोरखाको ऐतिहासिक तथा पुरातात्विक एवं पवित्र धार्मिक तिर्थ स्थल मनकामना मन्दिर जाने तिर्थ यात्रुको लागि सञ्चालनमा आएको केबलकारले यस अघि आर्थिक बर्ष ०७५/०७६ को जेष्ठ महिनामा १ लाख ३५ हजार २७२ जनाले यात्रा गरेको रेकर्ड छ । 

केबलकार प्रशासनले हामीलाई उपलब्ध गराएको रेकर्ड अनुसार जेष्ठ महिनामा औसत ४ हजार ७०० जनाले यात्रा गरेको देखिन्छ । 

मनकामना जाने यो सिजनमा अहिले उल्लेखिय भारतीय यात्रीहरुको संख्यामा पनि वृद्धि भएको छ । यो आर्थिक बर्षको ११ महीनामा मात्रै २ लाख ६९ हजार ७६० जना अर्थात २६.४१ प्रतिशत भारतीयहरुले मनकामनाको भ्रमणका लागि केबलकारको यात्रा गरेको देखिन्छ । 

केबलकार यात्रा गर्नेमा पहिलो नम्बरमा नेपालीको संख्या देखिएको छ । जस अनुसार हालसम्म ७ लाख५ हजार ५९३ जना अर्थात ६९.०८ प्रतिशत नेपालीले मनकामना जान केबलकारको यात्रा तय गरेका छन ।

यो बर्ष मनकामना दर्शन प्रालिले १० लाख ५० हज़ार यात्रुले केबलकारको यात्रा गर्ने अनुमान गरेकोमा त्यो संख्या बढेर ११ लाख ५० हज़ार पुग्ने अनुमान गरिएको छ ।

मनकमाना केबलकारले यात्रुहरुले विश्वास गरेर गरेको यो सहयोग र सदभाव प्रति हार्दिक धन्याबाद दिदै आगामी बर्ष अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रण गरेको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - २२:५३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology