Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी अस्पतालको अर्को सफलता : भोली असार १ गतेदेखि स्वाथ्य बिमा लागु हुने, आफ्नै फार्मेसी पनि सञ्चालनमा

आँबुखैरेनी अस्पतालको अर्को सफलता : भोली असार १ गतेदेखि स्वाथ्य बिमा लागु हुने, आफ्नै फार्मेसी पनि सञ्चालनमा

images

इच्छाकामना न्युज

३२, जेठ २०८०
आँबुखैरेनी अस्पतालको अर्को सफलता : भोली असार १ गतेदेखि स्वाथ्य बिमा लागु हुने, आफ्नै फार्मेसी पनि सञ्चालनमा
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी अस्पतालको सेवा विस्तारमा अर्को सफलता प्राप्त भएको छ । अस्पतालले भोली असार १ गतेदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको छ भने भोलीदेखि नै अस्पतालको सेवामा स्वास्थ्य बिमा कार्यक्रम समेत लागु गर्ने भएको छ । 

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नको लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र आँबुखैरेनी अस्पताल बिच बुधबार हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष शुक्र चमानले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले अस्पताल बिमा कार्यक्रम लागु गर्नको लागि अस्पतालको ३ जना कर्मचारीलाई तालिमको लागि पठाईसकिएको छ । 

अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्य सहित स्वास्थ्य बीमा सञ्चालन गर्न लागिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘नागरिकहरुलाई स्वास्थ्य सेवा सहज, सर्भसुलभ हिसावले उपलव्ध गराउनुपर्ने हाम्रो दायित्व हो ।’

यस्तै अस्पतालमा सञ्चालनमा ल्याउन लागेको आफ्नै फार्मेसी औषधि खरिद गर्दा दश प्रतिशत छुट दिने व्यवस्था पनि मिलाइएको उनले बताए । 

images
प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १०:०३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology