Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लिची टिप्दा लडेर महिलाको मृत्यु

लिची टिप्दा लडेर महिलाको मृत्यु

इच्छाकामना न्युज

३०, जेठ २०८०
लिची टिप्दा लडेर महिलाको मृत्यु
images

पाल्पा । बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको छ। आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्ने क्रममा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्।

images
images

गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै गर्दा बेलुकी पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ०८:३६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology