Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण

इच्छाकामना गाउँपालिकाद्वारा सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण

images

इच्छाकामना न्युज

३०, जेठ २०८०
इच्छाकामना गाउँपालिकाद्वारा सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण
images

हात्तिवाङ । चितवनको इच्छाकामना गाउँपालिकाले सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाले सोमबार वडा नं. १ र २ का सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । 

348388353_1327193141557683_5848597495552261027_n.jpg

गर्भवती र सुत्केरी बेलामा कमजोर रहने हुदाँ उनीहरुलाई पोषणका साथै शक्ति मिलोस भन्ने उद्देश्यका साथ सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले बताए । उनका अनुसार गाउँपालिकाको वडा नं.१ का करिब २ सय र वडा नं. १ का १ सय ७० जना जति आमाहरुलाई चल्ला वितरण गरेको हो ।

348388585_248493101126022_439441007381055402_n.jpg

‘एक जना आमालाई लोकल कुखुराको २ वटा पोथी र १ वटा भाले चल्ला दिईएको हो, सोही चल्ला हुर्किएर अण्डा पारुन्जेल अण्डा खानी र त्यसपछि कुखुरा खान सकिन्छ’ –अध्यक्ष सिलवालले भने । यो कार्यक्रमलाई आगामी वर्ष पनि गाउँपालिकाले निरन्तरता दिईने उनले बताए । 

images
प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ०८:००:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology