आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको त्रिशक्ति महिला जागरण समूहको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित जलविरेमा रहेको चर्चित पर्यटकीय स्थल लामो झरनामा समुहको अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले विष्णुमाया घिमिरेको अध्यक्षमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रोजिना पन्थ, सचिवमा लक्ष्मी श्रेष्ठ, सह–सचिवमा अप्सरा ढकाल, कोषाध्यक्ष्यमा मालती ठकुरी र सह–कोषाध्यक्ष्यमा ईश्वरी बागाले चयन भएको छ ।
यस्तै सदस्यहरुमा तुलसी खनाल (पौडेल), मुना पोख्रेल, विमला कुँवर, गौरी पौडेल र पार्वती चालिसे चयन भएको छ ।