Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा नयाँ जनप्रतिनिधिको एक वर्ष

४ वर्षदेखि अलपत्र विद्युतीकरणको काम धमाधम हुदै, यहि आर्थिक वर्ष भित्र गाउँपालिकाको सबै ठाउँमा बिजुली बल्ने

४ वर्षदेखि अलपत्र विद्युतीकरणको काम धमाधम हुदै, यहि आर्थिक वर्ष भित्र गाउँपालिकाको सबै ठाउँमा बिजुली बल्ने

images

इच्छाकामना न्युज

२९, जेठ २०८०
४ वर्षदेखि अलपत्र विद्युतीकरणको काम धमाधम हुदै, यहि आर्थिक वर्ष भित्र गाउँपालिकाको सबै ठाउँमा बिजुली बल्ने
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधिको एक वर्षको कार्यकाल पुरा भएको छ । यो एक वर्षको कार्यकालमा विगत ४ वर्षदेखि विद्युतीकरणको काम हुन नसकेर अलपत्र परेकोमा अब भने आशाको किरण देखिन थालेको छ । 

अझै पनि विद्युत् सेवा पुग्न नसकेको इच्छाकामना गाउँपालिकाको वडा नं. १ र २ का साथै वडा नं. ४, ६ र ७ का केहि गाउँहरुमा विद्युत् सेवा पु¥याएन ठेक्का आह्वान भएको थियो । सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिदा अझैसम्म पनि गाउँपालिकाको हात्तिवाङ, मैतेस, वल्र्याङ, मायाटार, घुर्केस, डाडाँगाउँ जस्ता गाउँहरु अन्धकारमा रहेको छ । तिनै गाउँहरुमा बिजुली पु¥याउन नयाँ जनप्रतिनिधिले चासो लिएर सक्रियता देखाएसँगै अब भने विद्युत् सेवा पुग्ने स्थानीयमा आशा पलाएको छ ।

नयाँ जनप्रतिनिधिले ४ वर्षदेखि विद्युतीकरणको काम जिल्ला लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई तत्काल ठेक्का तोडी कालोसूचिमा राखेपछि नयाँ ठेक्का प्रक्रियामा लगेको थियो । चालु आर्थिक वर्षको दोस्रो चौमासिक भित्रै ठेक्का प्रक्रिया टुंगिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँहरुमा धमाधम विद्युतीकरणको काम सुरु भएको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।

‘काम नगर्ने ठेकदारलाई मुद्दा हालेपछि पुनः चालू वर्षमै नयाँ टेण्डर आह्वान भया, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ’ अध्यक्ष गुरूङले भने– ‘अब कुनै पनि बहानामा काम रोकिदैन ।’

347431416_1243929239825301_3947630935521083581_n.jpg

अहिले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भैरहेकोले पोल र तारहरु प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टाङ्ग्ने काम ठेकदार पक्षले गर्ने भएको उनले बताए । इच्छाकामनाको सातवटै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुन लागेको हो । विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवम् ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को सबै ठाउँमा बिजुली पुगी सकेको उनले बताए ।

काममा कुनै अवरोध नभएमा आगामी आर्थिक वर्षभित्रै इच्छाकामना गाउँपालिकाको सबै स्थानमा विद्युत् पुग्नेछ । गाउँपालिकाले विद्युतिकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटर समेत जडान गरिदिएको छ भने सामथ्र्य उच्च बनाउनका लागि गाउँपालिकामै सवस्टेसन राख्नको लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

‘यहाँको जनताले बिजुली अभावमा खेप्नुपरेको दुःखबारे पहिल्यैदेखि जानकार थियाँै, जब हामीले पालिकामा नेतृत्व ग¥यौँ अनि कामहरु क्रमशः अघि बढन थाल्यो’ –अध्यक्ष गुरुङले भने । 

यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाअध्यक्ष पञ्चबहादुर चेपाडले बताए । ‘विद्युतीय उपकरण प्रयोग गर्नबाट हामी वञ्चित छौँ’, वडा अध्यक्ष पञ्चबहादुरले भने, ‘पीच सडक गाउँमा आइसक्दा पनि बिजुली नपाउनु हाम्रो लागि दुखको विषय हो ।’

वडा नम्बर ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ तर, पहाडी क्षेत्र अधिक रहेको वडा नम्बर १ मा १५ प्रतिशत, र ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । वडा नं. २ मा कुनै पनि ठाउँमा बिजुली छैन ।

घरछेउको खाली ठाउँमा सयौँको संख्यामा फलामे पोल र तार झारेपछि बल्ल इच्छाकामना–२ का वडा सदस्य एकबहादुर गुरूङ अबचाँहि ढिलोचाँडो घरघरमा बिजुली पुग्नेमा ढुक्क छन् ।

इच्छाकामना–२ को मायाटारमा रहेको मायाटार विद्यालयका प्रधानाध्यापक पदम प्रजाले बिजुली अभावले कम्प्युटर, ल्यापटप जस्ता उपकरण भरपुर रुपमा प्रयोगमा ल्याउन नसकिएको बताए । मोबाइल चार्ज गर्न पनि शक्तिखोर जानुपर्ने बाध्यता रहेको मायाटारका स्थानीय टीका गुरूडले बताए ।

images
प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - ०९:५६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology