आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट ६ केजी गाँजा सहित धादिङका १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ७ सुनौलाबजार निवासी बर्ष २२ का कृष्ण बहादुर खड्का रहेका छन् ।
उनलाई पृथ्बी राजमार्ग अन्तर्गत बेनिटार चेकजाँच पोस्टमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
मुग्लिङ् तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको यात्रुवाहक बसमा सवार खड्कालाई पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।