Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा गर्भवती महिलालाई अण्डा र क्याल्सियम चक्की वितरण

इच्छाकामना गाउँपालिकाद्वारा गर्भवती महिलालाई अण्डा र क्याल्सियम चक्की वितरण

images

इच्छाकामना न्युज

२४, जेठ २०८०
इच्छाकामना गाउँपालिकाद्वारा गर्भवती महिलालाई अण्डा र क्याल्सियम चक्की वितरण
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती महिलाहरुलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरु मार्फत गर्भवती महिलाहरुलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।८० को निति तथा कार्यक्रममा गर्भबती महिला को लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्ने भनी ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही रकमबाटै गर्भवती महिलाहरुलाई अण्डा र क्याल्सियम चक्की वितरण गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमलाई गाउँपालिकाले आगामी वर्ष पनि निरन्तरता दिनेछ ।

352318474_786893322768806_1964442564478182638_n.jpg

उक्त सामाग्री गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको रोहवरमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सहायक प्रमख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार १ जना गर्भवती महिलालाई १ क्रेट अण्डा वितरण गरिएको थियो भने आवश्यकता अनुसार क्याल्सियम चक्की दिईएको थियो ।

images
प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १०:२४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology