Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कृषि ज्ञानकेन्द्र तनहुँद्वारा आँबुखैरेनी स्थित खस्राङ गाउँका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

कृषि ज्ञानकेन्द्र तनहुँद्वारा आँबुखैरेनी स्थित खस्राङ गाउँका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

images

इच्छाकामना न्युज

२३, जेठ २०८०
कृषि ज्ञानकेन्द्र तनहुँद्वारा आँबुखैरेनी स्थित खस्राङ गाउँका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ खस्राङ गाउँका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । कृषि ज्ञान केन्द्र तनहुँको ९० प्रतिशत अनुदानमा आज मौरी सहितको घार वितरण गरेको हो ।

348384881_989626265549888_3048178742735455165_n.jpg

कार्यालयले आज गाउँमै पुगेर एक कार्यक्रमको आयोजना गरि खस्राङ गाउँ कृषक समूहमा आवद्ध रहेका किसानहरुलाई मौरी सहितको घार वितरण गरिएको कृषि ज्ञान केन्द्र तनहुँका कार्यालय प्रमुख कुल प्रसाद तिवारीले बताए । उनका अनुसार समूहमा आवद्ध २६ जना कृषकहरुको लागि ४६ थान मौरी सहितको घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपीका साथै महदानी समेत वितरण गरिएको थियो । यसका लागि कार्यालयले ५ लाख रुपैयाँ खर्च गरिएको उनले बताए ।

348362085_274953081734307_987531501118854003_n.jpg

यस्तै मौरी घार वितरण कार्यक्रमलाई सम्बोन्धन गर्दै आँबुखैरेनी ४ का वडाध्यक्ष मिलन भुजेलले किसानहरुले प्राप्त गरेको मौरी सहितको घारबाट मह उत्पादन गरेर उनीहरुको आयआर्जनमा वृद्वि गर्न टेवा पुर्‍याउने अपेक्षा लिएको बताए । उनले किसानहरुलाई अहिले वितरण गरेको मौरी सहितको घारलाई थप बढाएर व्यावसायीकीकरण गर्न आग्रह गरे । साथै उनले वडाका साथै गाउँपालिकाले खस्राङ गाउँलाई मह पकेटको क्षेत्रको रुपमा विकास गर्न चाहेकोले सबै किसानहरुले व्यावसायीक मौरी पालनमा जोड दिनुपर्ने बताए ।

348365381_752161263275032_9050992730804101802_n.jpg

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मिलन भुजेल, वडासदस्य प्रेम गुरुङ, कृषि ज्ञान केन्द्र तनहुँका कार्यालय प्रमुख कुल प्रसाद तिवारी लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १४:५८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology