Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अत्याधिक गर्मीकै कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयहरु पनि भोलीदेखि ५ दिन बन्द हुने

अत्याधिक गर्मीकै कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयहरु पनि भोलीदेखि ५ दिन बन्द हुने

images

इच्छाकामना न्युज

२१, जेठ २०८०
अत्याधिक गर्मीकै कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयहरु पनि भोलीदेखि ५ दिन बन्द हुने
images

कुरिनटार । अत्याधिक गर्मीका कारण चितवनको इच्छाकामना गाउँपालिका भित्रका विद्यालय ५ दिन बन्द रहने भएका छन् ।

गाउँपालिकाले आइतबार सूचना निकालेर २२ जेठ सोमबार देखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

अत्याधिक गर्मीका कारण विद्यालय सञ्चालन र नियमित पठनपाठनमा समस्याका साथै बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न थालेको हुँदा चालु शैक्षिक सत्रको बर्खे बिदा कटौती हुने गरि ५ दिन विद्यालयमा बिदा दिने निर्णय भएको पालिका शिक्षा अधिकृत दुर्गा देवी खड्काले जानकारी दिए ।

FB_IMG_1685885986221.jpg

images
प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - २१:१९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology