Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको आँधिमुल र अकला मन्दिरमा प्रभु बैंकको क्यू आर कोड, अब मोबाईलबाटै मन्दिरमा दान गर्न सकिने

आँबुखैरेनीको आँधिमुल र अकला मन्दिरमा प्रभु बैंकको क्यू आर कोड, अब मोबाईलबाटै मन्दिरमा दान गर्न सकिने

इच्छाकामना न्युज

२०, जेठ २०८०
आँबुखैरेनीको आँधिमुल र अकला मन्दिरमा प्रभु बैंकको क्यू आर कोड, अब मोबाईलबाटै मन्दिरमा दान गर्न सकिने
images

आँबुखैरेनी। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित आँधीमुल बाराही मन्दिर र अकला पन्चायन मन्दिरको समितिलाई दान गर्न र भेटि दिन क्यु आर कोडको प्रयाग गरि मोकाईलबाटै दान गर्न सकिने भएको छ । प्रभु बैंक लिमिटेड बरादी शाखाद्वारा समितिको क्यु आर कोडको बोर्ड मन्दिर परिसरमा राखि समितिलार्य हस्तान्तरण गरेपछि आजदेखि क्युआर कोट मार्फत मोबाईलबाटै दान गर्न सकिने भएको हो । 

images
images

1.jpeg

मन्दिरमा संकलित भेटी तथा दक्षिणालाइ डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तरण गरेको प्रभु बैंक बरादी शाखा प्रमुख तीर्थ रिजालले जानकारी दिए ।

शनिबार एक कार्यक्रमका बिच  प्राचिन एतीहासिक तथा पर्यटकिय महत्व बोकेको आँधीमुल बाराही मन्दिरका अध्यक्ष हिमाल थापा मगर र अकला पन्चायन किास समितिका अध्यक्ष सुर्यबहादुर पन्त लाइ प्रभु बैँक गण्डकी प्र्रदेश अधिकृत सन्तोस अधिकारीले क्यू आर कोड हस्तान्तर गरेका हुन्। प्र्रदेश अधिकृत अधिकारीले सामाजिक उत्तर दायित्व अन्र्तगत आगामी दिनमा अझै थप कार्यहरु गर्दै जाने समेत बताए ।

3.jpeg

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो । कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं। १ का अध्यक्ष प्रेम बहादुर गुरुङ,  प्रभु बैंक बरादी शाखा प्रमुख तिर्थ रिजाल लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - २३:४७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology