कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ को कुरिनटारमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा भवन निर्माण भएको हो ।
निर्माण सम्पन्न भएको उक्त भवनको भोली बिहिबार दिउँसो १ बजे गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले उद्घाटन गर्ने वडा नंं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार भोली नै सोही स्थानमा निर्माण सम्पन्न भएको बाल उद्यानको समेत समुद्घाटन गरिनेछ ।