Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीलाई संघिय सरकारबाट आउने बजेट घट्यो, चालु आवमा भन्दा आगामी वर्षमा ६८ लाख बजेट कम

आँबुखैरेनीलाई संघिय सरकारबाट आउने बजेट घट्यो, चालु आवमा भन्दा आगामी वर्षमा ६८ लाख बजेट कम

images

इच्छाकामना न्युज

१७, जेठ २०८०
आँबुखैरेनीलाई संघिय सरकारबाट आउने बजेट घट्यो, चालु आवमा भन्दा आगामी वर्षमा ६८ लाख बजेट कम
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई संघिय सरकारले आगामी आर्थिक वर्षको लागि पठाउने बजेट चालु वर्षमा भन्दा घटेर आउने भएको छ । सोमबार सरकारले सार्वजनिक गरेको आव २०९०।०८१ को बजेट अनुसार चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षको लागि ६८ लाख बजेट कम आउने भएको हो ।

चालु आर्थिक वर्ष २०७९।८० मा २८ करोड ३५ लाख रुपैयाँ बजेट पाएको आँबुखैरेनी आगामी आर्थिक वर्षको लागि जम्मा २७ करोड ६७ लाख रुपैयाँ मात्र बजेट पाउने भएको छ । यो बजेट चालु आर्थिक वर्षमा भन्दा ६८ लाख रुपैयाँ कम हो । 

आगामी आर्थिक वर्षको लागि पाउने बजेट रकम मध्य समानीकरण अनुदान तर्फ ९ करोड ३४ लाख, सशर्ततर्फ १६ करोड ८५ लाख, विशेष अनुदानतर्फ ७० लाख र समपुरक अनुदानतर्फ ८० लाख रुपैयाँ पाउनेछ ।

यस्तै सो रकम मध्य २५ करोड २७ लाख चालु हो भने बाँकी २ करोड ४० लाख पूजीगत प्रकृतिको रहनेछ ।

images
प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १०:५९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology