कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि संघिय सरकारबाट ३९ करोड रुपैयाँ भन्दा बढि बजेट पाउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले ३९ करोड ९ लाख रुपैयाँ अनुदान पाउने भएको हो । जसमा ९ करोड ८७ लाख समानीकरण, २६ करोड ७ लाख सशर्त, १ करोड ५० लाख विशेष र १ करोड ६५ लाख रुपैयाँ समपुरक अनुदान रहेको छ ।
इच्छाकामना गाउँपालिकाले आगामी वर्षको लागि पाएको बजेट चालु आर्थिक वर्षमा भन्दा ९१ लाख रुपैयाँ बढि हो । यतिबेला संघिय सरकारले सबै स्थानीय तहलाई पठाउने बजेट घटाइरहेको अवस्थामा इच्छाकामनाले भने थोरै मात्र भएपनि बढि बजेट प्राप्त गर्न सफल भएको छ।
स्मरण रहोस् चालु आर्थिक वर्षको लागि इच्छाकामनाले संघिय सरकारबाट ३८ करोड बजेट पाएको थियो ।