घैरुङ । आगामी आर्थिक वर्षका लागि गोरखाको शहिद लखन गाउँपालिकालाई संघिय सरकारबाट चालु आर्थिक वर्षमा भन्दा झण्डै साढे २ करोड रुपैयाँ कम बजेट विनियोजन भएको छ ।
संघिय सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट अनुसार गाउँपालिकालाई ४३ करोड २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो। जुन रकम चालु वर्षमा भन्दा २ करोड ५३ लाख रुपैयाँ कम हो ।
स्मरण रहोस् चालु आर्थिक वर्षमा संघीय सरकारले शहिद लखन गाउँपालिकालाई ४५ करोड ७३ लाख बजेट विनियोजन गरेको थियो ।