Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

महिला अधिकार दिवसको अवसरमा इच्छाकामनाको मायाटारमा छलफल र अन्तरक्रिया

महिला अधिकार दिवसको अवसरमा इच्छाकामनाको मायाटारमा छलफल र अन्तरक्रिया

images

इच्छाकामना न्युज

१६, जेठ २०८०
महिला अधिकार दिवसको अवसरमा इच्छाकामनाको मायाटारमा छलफल र अन्तरक्रिया
images

मायाटार । पाँचौ  राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा चितवनको इच्छाकामना गाउँपालिकाले छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सामाजिक विकाश शाखाले वडा नं. २ स्थित मायाटारमा दिवसको अवसर पारेर उक्त वडाका महिला जनप्रतिनिधि तथा संघसंस्था, समूहका महिला सदस्यहरुसँग महिला अधिकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

महिला हकअधिकार सबैको साझा सरोकार भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमको अवसरमा मायाटारमा र्‍यालीको समेत आयोजना गरिएको थियो ।

यस्तै गाउँपालिकाको वडा नं. २ का महिला वडासदस्य खड्ककुमारी थापाको सभापत्विमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा ७० जना भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - २२:४९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology