Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खोटाङको साकेला गाउँपालिकाले लेटरप्याडमा कोशी प्रदेश नलेख्ने

खोटाङको साकेला गाउँपालिकाले लेटरप्याडमा कोशी प्रदेश नलेख्ने

इच्छाकामना न्युज

१६, जेठ २०८०
खोटाङको साकेला गाउँपालिकाले लेटरप्याडमा कोशी प्रदेश नलेख्ने
images

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ ।

images
images

१ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर समुहले आन्दोलन चर्काइरहेका बेला साकेला गाउँपालिकाले आफ्नो लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको हो । जेठ १४ गतेको कार्यपालिका बैठकले पालिकाभित्र प्रयोग गरिने लेटर प्याडमा कोशी उल्लेख नगर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश नामाकरण लगत्तै विरोधमा उत्रिएको किरात राई यायोक्खा खोटाङले संघ संस्थादेखि राजनैतिक दल सम्मलाई साइनबोर्ड, लेटर प्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको थियो । 

पहिचान पक्षधर समुहको सेन्टीमेन्ट बटुल्नका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेका छन् । स्थानीय तहभित्र प्रयोग हुने लेटर प्याडमा कोशी उल्लेख नगरे पनि प्रदेश र संघमा पठाइने लेटर प्याडमा भने कोशी नै उल्लेख गर्ने गरिएको छ । 

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - ०८:२७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology