आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो पौने ३ बजेतिर अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले ग १ ख ९७२० नं. को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार तनहुँ बन्दिपुर गाउँपालिका ४ गुरुङटारका २० वर्षीय पूर्ण कुमार श्रेष्ठलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठबाट प्रहरीले डाईजेपाम ४८ एम्पुल, फेनेरागन ४८ एम्पुल र नुफिन ४८ एम्पुल गरी १४४ एम्पुल अवैध लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिएको छ ।
साथै श्रेष्ठलाई जिल्ला अदालत तनहुँबाट आज ६ दिनको म्याद थप गरि हिरासतमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।