ललितपुर । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् र तमूस्यो ह्युल छोँज धीँ गुरुङ महिला राष्ट्रिय परिषद् ललितपुर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा तीन दिने उद्घोषण कला तालिम सम्पन्न भएको छ । दुबै संस्थाका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको “उद्घोषण कला” तालिम शुक्रबार सम्पन्न भएको हो ।
परिषद्को आयोजनामा तालिम जेठ १०, ११ र १२ गते ३ दिनसम्म सञ्चालन भएको थयो । तालिमको उद्घाटन तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङले गर्नु भएको थियो । तालिममा २० जना प्रशिक्षार्थीहरू सहभागी थिए ।
तालिमको सहजीकरण सञ्चारकर्मी अनिता गुरुङले गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा तमू सञ्चारकर्मी संघ नेपालका नव निर्वाचित केन्द्रीय अध्यक्ष लाला गुरुङलाई सम्मान गरिएको थियो ।
