मुग्लिन । भर्खरै प्राप्त समाचार अनुसार सुख्खा पहिरो खसेका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।
उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका ६ को तुइनभिर नजिकै ३ नं. पुलमा करिब साढे २ बजेतिर सुख्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो।
पहिरो खस्ने क्रम अहिले पनि चलिरहेको पहिरोस्थलबाट स्थानीय मनोज घिमिरेले जानकारी दिएको छ।