Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको आयोजनामा १५ दिने कफी मेकर सम्बन्धि व्यावसायिक तालिम सुरु

इच्छाकामना गाउँपालिकाको आयोजनामा १५ दिने कफी मेकर सम्बन्धि व्यावसायिक तालिम सुरु

images
इच्छाकामना गाउँपालिकाको आयोजनामा १५ दिने कफी मेकर सम्बन्धि व्यावसायिक तालिम सुरु
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा महिला उद्यमशिल सीप विकास तालिम अन्तर्गत १५ दिने वारिष्टा (कफी मेकर) सम्बन्धि ब्यबसायिक तालिम आज देखि शुरु भएको छ।

इच्छाकामनामा गाउँपालिकाको आर्थिक तथा रुविना कफिसपको प्राविधिक सहयोगमा इच्छाकामनाका महिलालाई उद्यमी बनाउने योजनाका साथ तालिम शुरु भएको हो।

१५ दिने वारिष्टा(कफी मेकर) सम्बन्धि तालिमको उद्घाटन कार्यक्रममका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गर्नुभएको थियो।

IMG_20230521_184512-1024x470.jpg

प्रमुख अतिथि गुरुङले तालिमलाई तालिमको रुपमा मात्र नहेरेर सिप सिकेर उद्यमी बन्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभएको थियो।

कफी मेकर तालिमका संयोजक धनकुमार श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन पार्वती मगरतिले गरेका थिए।

जेठ २२ गतेसम्म संचालन हुने १५ दिने तालिमका लागि इच्छाकामना गाउँपालिकामा विभिन्न वडाका १६ महिला तालिममा सहभागी भएका छन्। तालिमको सहजीकरण रुविना श्रेष्ठले गर्ने छिन् ‌।

images
प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - २२:२७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology