Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अवैध रुपमा संकलन गरेर राखिएको ढुङ्गा गिटी बालुवा बन्दिपुर गाउँपालिद्वारा जफत, २१ लाख आम्दानी

अवैध रुपमा संकलन गरेर राखिएको ढुङ्गा गिटी बालुवा बन्दिपुर गाउँपालिद्वारा जफत, २१ लाख आम्दानी

images
अवैध रुपमा संकलन गरेर राखिएको ढुङ्गा गिटी बालुवा बन्दिपुर गाउँपालिद्वारा जफत, २१ लाख आम्दानी
images

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले मापदण्ड विपरीत उत्खन्न गरि राखिएको ढुङ्गा गिटी र बालुवा बिक्रि गरेर २१ लाख आम्दानी गरेको छ ।

गाउँपालिकाको वडा नंं ५ याम्पाघाट स्थित मस्र्याङदी नदी किनारमा मापदण्ड विपरीत उत्खन्न गरि राखिएको ढुङ्गा गिटी र बालुवा यस अघि भदौ २६ गते सिल गरेको थियो । उक्त सामाग्री बिक्रि गरी कर सहित रु २१ लाख आम्दानी भएको गाउँपालिका प्रमुख प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले बताए ।

गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि गाउँपालिकाले करिव ३ हजार १ सय घनमिटर उत्खन्नका लागि ठेक्का आह्वान गरेको थियो । तर कम्पनीले मापदण्ड विपरीत एक्साभेटर टिप्पर प्रयोग गरी करिव  १२ हजार १ सय घनमिर ढुङ्गा गिटी र बालुवा उत्खन्न गरेको पाइएको थियो ।

गाउँपालिकाले राजश्वको दायरामा आउन आग्रह गर्दा कम्पनीले चासो नदेखाएको र पटकपटक बोलपत्र आहन गर्दा पनि टेण्डर नपरेपछि उक्त सामान बैधानिक रुपमै चाइना कम्युनिकेशन कन्सट्रक्सन कम्पनीलाइ बिक्रि गरिएको गाउँपालिका इन्जिनियर सन्तोष थापाले बताए ।

गाउँपालिकाको वडानं ६ स्थित साराङघाटमा रहेको क्रसर उद्योग पनि अनुगमन गरी सिल गरेको छ ।

images
प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - ११:४६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology