Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अष्ट्रेलियामा कार दुर्घटनामा परी चितवनका प्रमोद आचार्यको निधन

अष्ट्रेलियामा कार दुर्घटनामा परी चितवनका प्रमोद आचार्यको निधन

images
अष्ट्रेलियामा कार दुर्घटनामा परी चितवनका प्रमोद आचार्यको निधन
images

अष्ट्रेलिया । चितवनको भरतपुर महानगरपालिका–११ का प्रमोद आचार्यको अष्ट्रेलियामा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आचार्य चढेको कार चार दिनअघि एउटा ट्रकसँग ठोक्किन पुग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

परिवारले आचार्यको शवलाई नेपाल ल्याउने प्रयास गरिरहेको छ । अष्ट्रेलियास्थित नेपाली र उनका आफन्तहरुले कानुनी प्रक्रिया पुरा गरेर शवलाई पठाउने कोशिस गरिरहेका छन् ।

अष्ट्रेलियाको मेलबर्नबाट ६० किलोमिटर टाढा कोल्याकमा बसोबास गर्दै आएका ३० वर्षीय आचार्यको सडक दुर्घटनामा निधन भएको हो । ल्याब टेक्नीसियनका रुपमा कृषि फर्ममा काम गर्ने उनी चढेको कार प्रिन्सेस हाईवेको कोला पम्बरनेट रोडमा दुर्घटनामा परेको थियो ।

बुधबार साँझ करिब साढे ६ बजे भएको दुर्घटनामा प्रमोदको कार र ट्रक ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको अर्को ट्रकका चालक सकुशल रहेको भएपनि प्रमोदको भने घटनास्थलमै ज्यान गएको छ ।

सिड्नीमा बस्दै आएका प्रमोद केही समय अघि स्थायी बसोबासका लागि कामको चाँजो मिलाएर रिजनल भिक्टोरियाको कोल्याक सरेका थिए । स्थानीय क्याम्परटाउनमा रहेको एसटी जेनेटिक्समा काम गर्ने उनले कोल्याकमा अवस्थित अष्ट्रल होटलमा समेत पार्ट टाईम काम गर्दथे ।

होटलमा सँगै कार्यरत रहेका साथी सन्जीव बुढाथोकीका अनुसार प्रमोद एकदमै मेहनती र मिलनसार थिए । संगीतमा समेत रुचि राख्ने उनी आफ्नो कामबाहेक दायाँबायाँ केही नगर्ने व्यक्ति भएको बुढाथोकीले बताए ।

आचार्यको परिवार अहिले शोकमा डुबेको उनका ठूलाबुबा दिननाथ आचार्यले बताए । उनी एक वर्षअघि बिहे गरेर अष्ट्रेलिया गएका थिए । बिहे गरेको करिब छ महिनापछि उनकी श्रीमति पनि अष्ट्रेलिया पुगेकी थिइन् । घरमा मृतक आचार्यका बुबा, आमा र दाजु भाउजु छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - ०९:०५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology