Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीका कृष्ण शर्मा सहित गोरखामा वन्यजन्तुको अखेटोपहार बिक्री गर्न खोज्दा ९ जना पक्राउ

आँबुखैरेनीका कृष्ण शर्मा सहित गोरखामा वन्यजन्तुको अखेटोपहार बिक्री गर्न खोज्दा ९ जना पक्राउ

images
आँबुखैरेनीका कृष्ण शर्मा सहित गोरखामा वन्यजन्तुको अखेटोपहार बिक्री गर्न खोज्दा ९ जना पक्राउ
images

गोरखा । वन्यजन्तुको अखेटोपहारसहित तनहुँ आँबुखैरेनीका १ जना र गोरखाको बिभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । गत जेठ १ गते राती गैडाको खागजस्तो देखिने अखेटोपहार सहित उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए ।

गोरखा नगरपालिका–११ बाट तीन जना र पालुङटार नगरपालिकाबाट ६ जना पक्राउ परेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकाबाट पक्राउ पर्नेमा कमला न्यौपाने, जानुका देवकोटा र जानुका कुमाल रहेका छन् । घरमा अखेटोपहार भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बैशाख ३१ गते उनीहरुलाई पक्राउ गरेको हो । आवश्यक कारवाही लागि प्रहरीले सो अखेटोपहार डिभिजन वन कार्यालयमा बुझाएको छ ।

त्यस्तै पालुङटारबाट पक्राउ पर्नेमा पानपा–५ का बेदम परियार, वडा नम्वर ६ का सोनाम तामाङ, आँवुखैरेनी–३ का कृष्ण शर्मा, चितवन भण्डाराका केशव चौधरी, चितवनको माडी नगरपालिका–५ का जीवन महतो र भरतपुर महानगरपालिका–२ कुमारी चौधरी रहेका छन् ।

कारवाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका सूृचना अधिकारी पौडेलले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - २३:५४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology