Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको बेनिटारबाट २४ किलो गाँजा सहित २ महिला र लागुऔषध सहित १ युवा पक्राउ

आँबुखैरेनीको बेनिटारबाट २४ किलो गाँजा सहित २ महिला र लागुऔषध सहित १ युवा पक्राउ

images
आँबुखैरेनीको बेनिटारबाट २४ किलो गाँजा सहित २ महिला र लागुऔषध सहित १ युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारबाट अवैध लागुऔषध सहित २ महिला र १ युवालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब साढे ७ बजेको समयमा चितवनबाट पोखरा जादै गरेको ग १ ख ९१७ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाईछिपाई अवैध लागुऔषध र गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा रौतहट ईशनाथ नगरपालिका ३ बस्ने २० वर्षीय अरुण पटेल, चितवन ईच्छाकामना गाउँपालिका ६ पाचकिलो बस्ने ५० वर्षीया पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउँपालिका ४ आमडाँडाबेसी बस्ने ४२ वर्षीया माया गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार पक्राउ पर्ने मध्य पटेलको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम १ सय ९८ एम्पुल, नोरफिन १ सय ९८ एम्पुल र फेनारागन १ सय ९८ एम्पुल गरी ५९४ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ भने पुनम गुरुङ र माया गुरुङको साथबाट प्रहरीले बसको डिक्किमा राखेको अवस्थामा २४ किलोग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक राजकुमार वि.क.ले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :जेठ १, २०८० सोमवार - २०:५०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology