Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

सत्रसयमा खुल्ला व्यायामशाला बनाउँदै आँबुखैरेनी गाउँपालिका

सत्रसयमा खुल्ला व्यायामशाला बनाउँदै आँबुखैरेनी गाउँपालिका

images

इच्छाकामना न्युज

३१, बैशाख २०८०
सत्रसयमा खुल्ला व्यायामशाला बनाउँदै आँबुखैरेनी गाउँपालिका
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले  वडा नं. १ स्थित सत्रसयको गुम्बा बगैंचामा खुल्ला व्यायामशाला निर्माण गर्ने भएको छ । स्वास्थ्यका लागि व्यायाम भन्ने नाराका साथ गाउँपालिकाले १० लाख रुपैयाँ लागत खर्चमा व्यायामशाला निर्माण गर्न लागेको हो।

346308675_158226270340489_2580094839672220803_n.jpg

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकावासीलाई स्वस्थ राख्न सहयोग पुर्याउन खुल्ला व्यायामशालाको अवधारणा ल्याइएको बताए ।

उक्त स्थानमा यसअघि पनि स्थानीय युवायुवती लगायतका मानिसहरु खेलकूदका कार्यक्रम गर्दै आएकोले सोही स्थानलाई छनौट गरी व्यायामशाला मेशिन जडान गरिएको अध्यक्ष चुमानले बताए ।

उक्त स्थानमा सात किसिमका व्यायाम मेशिन जडान गर्न लागिएको र एकपटकमा करिब १२ जनासम्मले व्यायाम गर्न मिल्ने छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १०:०८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology