Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

३०, बैशाख २०८०
कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०८० वैशाख ३० गते, शनिवार, १३ मे २०२३। ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि, ८ः१९ बजेपछि नवमी। धनिष्ठा नक्षत्र, १३ः१० बजेपछि शतभिषा। चन्द्रराशि– कुम्भ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गरेको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछन्। मुख्य काममा बाधा हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम रोकिन सक्छ, सजग रहनुहोला।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिको चक्रमा अलमलिनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयमा समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित हुनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। भौतिक साधन जुट्नेछन् र दिगो काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले व्यर्थैमा दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि तथा पेसा–व्यवसायमा प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। केही विवादास्पद काम गर्नुपरे पनि स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :बैशाख ३०, २०८० शनिवार - ०८:२५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology