Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना काउलेको जनप्रिया माविमा बालविवाह न्यूनिकरण सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन

इच्छाकामना काउलेको जनप्रिया माविमा बालविवाह न्यूनिकरण सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन

images

इच्छाकामना न्युज

२९, बैशाख २०८०
इच्छाकामना काउलेको जनप्रिया माविमा बालविवाह न्यूनिकरण सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन
images

काउले । चितवनको इच्छाकामना गाउँपालिकाकोे ग्रामिण भेगहरुमा अझै बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह न्यूनिकरणका लागि  बेलाबेलमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । तर अझै बालविवाह पूर्णरुपमा रुपमा रोक्न सकेका छैनन् ।

यसैबिच जनप्रिया माध्यमिक विद्यालय इच्छाकामना २ कल्याणटारमा बाल अधिकार समुहले नाट प्रदर्शन गरेका छन् । बालविवाह न्यूनिकरणका लागि सामाजका यथार्थ घटनालाई नाटकमा प्रश्तुत गर्दै बालविवाहविरुद्ध अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बालअधिकार समुहले शुक्रबार  सचेतनामुलक नाटक प्रदर्शन गरेका हुन् ।

जनप्रिया माविका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले यस नाटक प्रदर्शनका लागि सहयोग गरिदिएकोमा इन्सेकलाई धन्यावाद दिनुभयो । उहाँले इन्सेकले बालअधिकार महिला अधिकार लगायत विविध पक्षमा काम गर्दै आएको जानकार रहेको बताउनुभयो ।
बालविवाह रोक्न र विद्यालयमा टिकाई राख्न धेरै प्रयात्न गरेपनि नसकेकोमा यस्ता सचेतनामुलक नाटक कार्यक्रमहरुका कारण विवाह गरेर गएकाहरुलाई पनि विद्यालयमा पुन फर्काउन सकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो बिद्यालयका केही विद्यार्थीहरु विवाह गरेर गए, हामीले रोक्नमा धैरै कोसिस ग¥यौँ तर सकेन ,अहिले फर्काउन सफल भएका छौँ ।’ यस्ता नाटकहरुले सम्पूर्णमा प्रभाव पार्ने प्रअ अधिकारीको भनाई छ ।

वडाध्यक्ष पञ्च बहादुर चेपाङले विद्यार्थी माझ यस्ता कार्यक्रम आयोजना गरेकोमा इन्सेकलाई धन्यावाद दिनुभयो । उहाँले आगामी दिनहरुमा पनि इन्सेकसंग सहकार्य गर्ने बताउनुभयो ।

नाटक प्रदर्शन कार्यक्रममा वडाध्यक्ष सहित जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,शिक्षक विद्यार्थी अभिभाव र स्थानियहरुको उपस्थिति रहेको इन्सेक चितवनका सहजकर्ता गायत्री गिरिले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - २३:१०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology