आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिकाले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी बिरामीहरुलाई आफ्नै स्रोतबाट औषधी उपचार खर्च र परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २५ जना त्यस्ता बिरामीलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण गर्नुभयो । गाउँपालिकाले ती बिरामीलाई मासिक रु पाँच हजार औषधी खर्च प्रदान गर्न थालेको हो ।