Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

images

इच्छाकामना न्युज

२५, बैशाख २०८०
इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया
images

कुरिनटार। चितवनको इच्छाकामनामा वैदेशिक रोजगार तथा (सामी) परियोजना बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । वैदेशीक रोजगारीलाई सुरक्षित, उपलब्धीमुलक र भरपर्दो बनाउने उदेश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत सरोकारवाला, स्थानिय जनप्रतिनिधिहरू र कर्मचारीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

सामीले इच्छाकामनामा विभिन्न वडामा आठ वटा कक्षा संचालन गरेको र सो बाट १८४ जना लाभान्वित भएको परियोजनाका जिल्ला संयोजक सुर्यप्रसाद पौडेलले बताउनुभयो । जस मध्ये ९२ जनाले सीप तालिम लिएको परियोजनाले जनाएको छ ।

सामीले इच्छाकामनामा विभिन्न २८ वटा मुद्धाहरुमा काम गरेका थिए ।संयोजक पौडेलका अनुसार सामीले इच्छाकामनामा वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएर महिनौ दिन सम्म अलपत्र परेकाको उद्धार देखि लिएर आत्महत्य गर्ने अवस्थामा पुगेकाहरुलाई बचाउन सफल भएका छन् ।

चितवनको इच्छाकामना सहित भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा यस परियोजना सञ्चालनमा रहेको संयोजक पौडेलले बताउनुभयो ।

परियोजनाले सुचना, मनोसामाजिक, वित्तिय साक्षरता, सीप प्रदान जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, उपलब्धीमुलक र भरपर्दो बनाउने उदेश्यले सञ्चालित वैदेशिक रोजगारका लागी सुरक्षित आप्रवासन(सामी) परियोजना इच्छाकामनामा प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि सामी परियोजनाले महत्वपुर्ण काम गरेको भन्दै अध्यक्ष गुरुङले सामी परियोजनालाई आफुले महत्वको साथ लिएको बताउनुभयो ।

343736730_2026475424368986_8947582958614170089_n.jpg

उहाँले यस परियोजनासँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । गाउँमै रोजगारी सृजना गर्ने गरी काम गरीरहेको भन्दै उहाँले विदेशबाट फर्केकाहरुको सिपको सहि सदुपयोग इच्छाकामना गाउँपालिकाले गर्ने बताउनुभयो । सके सम्म वैदेशिक रोजगारमा नजान आग्रह गर्दै अध्यक्ष गुरुङले जानै परेको अवस्थामा सीप सिकेर मात्र जान आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय गाउँमा सडक बाटो खानेपानी विजुली स्वास्थ्य शिक्षाको सुविधा भएपनि मानिसहरु बजार नै झेरर बस्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न गर्ने र गाउँमै बसेर खेती गर्न प्रेरित गर्ने पनि अध्यक्ष गुरुङको भनाईछ ।

सामी परियोजनाले स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर, सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल नाराका सुरक्षित आप्रवासनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, वैदेशिक रोजगारीमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने मनोपरामर्श प्रदान जस्ता कार्यहरु गर्दै आएको छ। यस परियोजनाको मुख्य कार्यक्रमहरुमा सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - २१:४९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology