Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको भटिश्वरा गाउँमा १५ वर्षपछि पुनः घाटु नाँच सुरु, सोमबार घाँटु धुराईने 

आँबुखैरेनीको भटिश्वरा गाउँमा १५ वर्षपछि पुनः घाटु नाँच सुरु, सोमबार घाँटु धुराईने 

images

इच्छाकामना न्युज

२३, बैशाख २०८०
आँबुखैरेनीको भटिश्वरा गाउँमा १५ वर्षपछि पुनः घाटु नाँच सुरु, सोमबार घाँटु धुराईने 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा पर्ने गुरुङ गाउँ भटिश्वरामा १५ वर्षपछि पुनः घाँटु नाच नाच्न सुरु भएको छ । गुरुङ समुदायमा प्रचलित लोपोन्मुख अवस्थामा पुगेको घाँटु नाँच भटिश्वरामा १५ वर्षपछि पुनः शुक्रबारदेखि नचाउन सुरु गरिएको हो।

स्थानीय युवा एवं लोक गायक रन्जित गुरुङ र कन्यादेवी माविका प्रध्यानाध्यापक सुर्यमानसिंह गुरुङको सक्रियतामा भटिश्वरा गाउँमा धेरै पछि घाँटु नाच सुरु भएको हो । 

345248741_1448095729341038_3766644886719219218_n.jpg

शुक्रबार वैशाख शुक्ल पूर्णीमादेखि सुरु भएको घाँटु नाँच सोमबारसम्म ४ दिन नाचिने घाँटु गुरु समेत रहेका स्थानीय रन्जित गुरुङले जानकारी दिए । धेरै पछि गाउँमा घाँटुको रौनक देखिएपछि स्थानीय खुशी देखिएको उनले बताए ।

गुरुङ सस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । पछिल्लो समय घाँटुनाच पुस्तान्तरण हुन नसक्दा हराउदै गएको छ । 

सती र बाह्रमासे गरी घाँटु नाँच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा शुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समूदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् ।

344778161_1322733235006160_1897074291067935237_n.jpg

सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । लमजुङ कास्की लगायतका जिल्लाहरुमा २ कन्यालाई मात्र नचाईने गरिए पनि तनहुँ चितवन गोरखा लगाएतका स्थानहरुमा ३ कन्या वा विजोर संख्या पारी जति पनि कन्याहरुलाई समावेश गरेर घाँटु नचाईने गरिन्छ । 

सदियौ देखि पुरानो साँस्कृतिक नाँच भएपनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिदै जादा लोप हुदै गएकोले यसलाई जोगाउनकै लागि आफुहरु लागि परिरहेको गुरुङले बताए। अहिले रन्जित आपैmले घाँटु गीत सिकेर गाउँमा घाँटु नाँच नचाउन सुरु गरिएको हो । 

घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ विभिन्न मेला महोत्सवमा पनि घाँटु नाच प्रदर्शन गर्ने गरीएको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - ०९:२५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology