Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी उपलब्ध गराउन इन्सेकको ध्यानाकर्षण

इच्छाकामनाको सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी उपलब्ध गराउन इन्सेकको ध्यानाकर्षण

images

इच्छाकामना न्युज

२०, बैशाख २०८०
इच्छाकामनाको सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी उपलब्ध गराउन इन्सेकको ध्यानाकर्षण
images

इच्छाकामना,२०वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इच्छाकामनाका सबै वडाका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधीहरु नभएको जनाएको छ । आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाललाई ज्ञापन बुझाउँदै सबै वडाको स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीहरु उपलब्ध गराउन आग्रह गरेको हो ।

यसैबिच इन्सेकले विद्यालयहरुमा एक घण्टी भएपनि मातृ भाषाको कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । इन्सेकले विभिन्न ९ बुदाँमा आफ्नो ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा ,पालिकाको सबै वडामा कम्तिमा एक घण्टि भएपनि मातृभाषामा पठनपाठनको व्यवस्था हुनुपर्ने,इच्छाकामना गाउँपालिकाको ७ नं.वडामा माध्यमिक तहसम्मको विद्यालय भएपनि विषय अनुसारको शिक्षक नभएको, पहाडी भेगका विशेष गरि विपन्न परिवारको बालबालिकाहरुलाई पढाउनका लागि विभिन्न संस्थाले लैजाने गरेको पाइएकाले उक्त बालबालिकालाई आफ्नै गाउँमा पढ्न पाउने वातावरणको सिर्जना गरिनुपर्ने, फोहोर व्यवस्थापनका लागि इच्छाकामना गाउँपालिकाको प्रत्येक वडामा डस्टबिनको व्यवस्था गर्नुपर्ने, अत्यावश्यक औषधीहरु प्रत्येक वडाको स्वास्थ्यचौकीमा उपलब्ध गराउनुपर्ने , विशेष गरि पहाडी क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा पालिकाबाट सम्बन्धित व्यक्ति वा सरोकारवालाहरु अनुगमनमा जानुपर्ने , बालबिबाहमा कमी ल्याउनका लागि जनचेतनामुलक कार्यक्रमको अभाव रहेको र ,प्रौढ शिक्षाको आवश्यक रहेको बुदाँहरु समेटिएका छन् ।

मानव अधिकारका सवाललाई स्थानिय सरकारले प्रभावकारी रुपमा सञ्चालन गरि मानव अधिकारमैत्रि गाउँपालिका निर्माण गर्ने उदेश्यले सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्र्तगत इच्छाकामना मानव अधिकार समुहले शिक्षा,स्वास्थ्य,वातावरण र जातिय विभेदका सवाललाई सामुहिक भेला, छलफल,वहस, गोष्ठी तथा शिविरहरु साथै अनुगमनको माध्यमबाट समस्या पहिचान गरि समस्या पहिचानका लागि स्थानिय तहलाई जिम्मेवार जवाफदेही बनाउने काम गरिरहेको गाउँपालिका मानव अधिकार समुहका अध्यक्ष पार्वती गिरीले बताउनुभयो ।

सो क्रममा मानव अधिकार समुहले २०७९/१२/२९ गते इच्छाकामना गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा समस्या पहिचान बैठक सम्पन्न गरेको र समस्या पहिचान कार्यक्रममा १ नं.वडा देखि ७ नं. वडा सम्मका व्यक्तिहरु, वडाध्यक्ष, वडा सदस्य,कर्मचारीहरुको उपस्थिति रहेको थियो । मानव अधिकार समुह तथा सरोकारवालाहरुले पहिचान गरिएका समस्याहरु प्रति ध्यान आकर्षण गराएको  अध्यक्ष गिरीले बताउनुभयो ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - २०:०६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology