Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

२०, बैशाख २०८०
कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०८० वैशाख २० गते, बुधवार, ३ मे २०२३। वैशाख शुक्लपक्ष त्रयोदशी तिथि। हस्त नक्षत्र, २०ः३१ बजेदेखि चित्रा। चन्द्रराशि– कन्या।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शत्रुहरू स्वतस् किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै पेसा–व्यवसायमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। पहिलेका प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। घर–परिवारमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवहार चलाउन कर्जाको रकम जुटाउनुपर्ने हुन सक्छ। आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै प्रयत्न गर्दा तत्काललाई सामान्य फाइदा हुनेछ। तापनि केही न केही आम्दानी र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्य गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। विशेष योजनाहरू बन्नेछन्। मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। सहयोगीहरूको साथ पाइनेछ। तारिफयोग्य कामले पदीय जिम्मेवारी समेत दिलाउन सक्छ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अवसर गुम्न सक्छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। पहिलेका कमजोरीमा क्रमशस् सुधार आउनेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। साथीभाइको सहयोग र उपहारसमेत पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुने सम्भावना छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - ०७:२०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology