Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

दमौलीमा पर्खाल भत्काउदा देवघाटका भिम गुरुङको मृत्यु

दमौलीमा पर्खाल भत्काउदा देवघाटका भिम गुरुङको मृत्यु

इच्छाकामना न्युज

१८, बैशाख २०८०
दमौलीमा पर्खाल भत्काउदा देवघाटका भिम गुरुङको मृत्यु

दमौली । तनहुँको दमौलीमा रहेको पार्टी प्यालेसको पर्खाल भत्काउदा देवघाट गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका ३ छिपछिपेका ३२ वर्षीय भिम बहादुर गुरुङ रहेका छन् । 

images

आज बिहान साढे १० बजेतिर दमौली पार्टी प्यालेसको पर्खाल भत्काउदै गर्दा मृतक भिम बहादुर गुरुङलाई पर्खालले च्यापेको थियो । पर्खालले च्यापेको कारण टाउकोमा चोट लागेर गम्भिर घाईते भएका थिए । गम्भिर घाईते उनको दमौली अस्पतालमा उपचारको क्रममा बिहान सवा ११ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घटनाको बारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - २२:१३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology