Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चुनावी वाचा पुरा गर्दै इच्छाकामना ४ का वडाध्यक्ष रुद्र उप्रेती : 'गर्छन् आफ्नै पारिश्रमिकबाट विपन्नको स्वास्थ्य बिमा'

चुनावी वाचा पुरा गर्दै इच्छाकामना ४ का वडाध्यक्ष रुद्र उप्रेती : 'गर्छन् आफ्नै पारिश्रमिकबाट विपन्नको स्वास्थ्य बिमा'

images

रासस

१८, बैशाख २०८०
चुनावी वाचा पुरा गर्दै इच्छाकामना ४ का वडाध्यक्ष रुद्र उप्रेती : 'गर्छन् आफ्नै पारिश्रमिकबाट विपन्नको स्वास्थ्य बिमा'
images

मुग्लिन ।  चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमा वापतमा लगाउनु हुने भएको छ । उहाँले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत लिनुभएको छैन ।

उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।”

यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उहाँले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताउनुभयो । वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौँ, ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।”

“मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन”, वडाध्यक्ष उप्रेतीले भन्नुभयो ।

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - ०९:१८:३४ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology