आज मिति २०८० वैशाख ११ गते सोमवार । वैशाख शुक्ल चतुर्थी । पञ्चाङ्गः शोभन विष्टि/भद्रा मृगशिरा , लोकतन्त्र दिवस/मत्स्यन्द्रनाथ रथ यात्रा प्रारम्भ/आद्यगुरु शंकराचार्य जयन्ती
मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।
वृष–इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आजको इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्नेछ ।
मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।
कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।
सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या–टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।
तुला–रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्य प्रति चैं सजग रहनु होला ।
धनु–ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मकर–भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।
मीन–दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । हाम्रो पात्रोबाट