Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा करिब ७ हजार मत खस्यो, मंसिर ४ मा भन्दा करिब २ सय मत कम खस्यो

आँबुखैरेनीमा करिब ७ हजार मत खस्यो, मंसिर ४ मा भन्दा करिब २ सय मत कम खस्यो

images

इच्छाकामना न्युज

१०, बैशाख २०८०
आँबुखैरेनीमा करिब ७ हजार मत खस्यो, मंसिर ४ मा भन्दा करिब २ सय मत कम खस्यो
images

आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा करिब ७ हजार हाराहारी मत खसेको छ । प्राप्त प्रारम्भिक विवरण अनुसार आँबुखैरेनी गाउँपालिकाको ६ वटा वडामा ६ हजार ९ सय ९१ मत खसेको छ । 

२०७९ मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ७ हजार १ सय ७२ मत खसेको थियो । जस अनुसार मंसिर ४ मा भन्दा वैशाख १० को उपनिर्वाचनमा १ सय ८१ मत कम खसेको छ ।

आँबुखैरेनी गाउँपालिकामा खसेको प्रारम्भिक मत विवरण अनुसार करिब ५० प्रतिशत हाराहारी मत खसेको देखिन्छ । गाउँपालिकामा पछिल्लो तथ्याङ्क अनुसार १३ हजार ६ सय २२ मतदाता थिए ।

प्रारम्भिक विवरण अनुसार वडा नं. १ मा १४५८, वडा नं. २ मा १३९२, वडा नंं ३ मा २१७३, वडा नं. ४ मा ६९४, वडा नं. ५ मा ५७० र वडा नं. ६ मा ७०४ मत खसेको छ । 

images
प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १८:२५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology