Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? इच्छाकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? इच्छाकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

९, बैशाख २०८०
कस्तो रहला तपाईको आजको दिन ? इच्छाकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०८० वैशाख ९ गते, शनिवार, २२ अप्रिल २०२३। वैशाख शुक्लपक्ष द्वितीया तिथि, ८ः३६ बजेदेखि तृतीया। कृत्तिका नक्षत्र। चन्द्रराशि– मेष, प्रातः ५ः५६ बजेदेखि वृष।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चिलो काममा हात हाल्नाले बीचैमा समस्या पर्नेछ। सुरुमा फजुल खर्च गर्नाले अर्थअभाव देखापर्ने छ। आफ्नै कमजोरीले काम बिग्रन सक्छ। धेरै प्रयत्न गर्दा कममात्र फाइदा हुनेछ। बनिसकेको काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा मुख्य भने काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइको सहयोगले यात्रा हुनेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नो रकम अरूका लागि खर्चनुपर्ने परिस्थित आउन सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। सोखले फजुल खर्च बढाउनेछ र अन्त्यमा पछुतो लाग्नेछ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काम सम्पादन हुनेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको चाप बढ्नेछ भने अनावश्यक विवादले समस्या निम्त्याउनेछ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। गोपनीयता बाहिरिनाले काम रोकिन सक्छ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। व्यवहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। काम बन्नाले मनग्य धन आर्जन हुनेछ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - ०८:०६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology