Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको दरौदी नदीमा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ

गोरखाको दरौदी नदीमा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ

इच्छाकामना न्युज

८, बैशाख २०८०
गोरखाको दरौदी नदीमा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ
images

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ ओडारेस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.२ का २८ वर्षीय लिलामान कुमाल, २६ वर्षीय सरोज कुमाल, २६ वर्षीय राहुल कुमाल र २६ वर्षीय रचिन कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछनेले बताए ।

बुधबार राती एकबजे दरौदी नदीमा ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मारिराखेको अवस्थामा ईलाका प्रहरी कार्यालय जौबारीका गोरखाबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १२ भोल्टको ब्याट्री एक थान, करेन्ट प्रवाह गर्ने भाटा एकथान, माछा थाप्न बनाएको जाल र माछा राख्न बनाएको फुर्लुङ बरामद गरिएको छ ।

सो घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । नदीमा करेन्ट प्रवाह गरी माछा मार्ने प्रवृत्ति बढ्दै गएको कुरालाई मध्यनजर गरी स्थानीय निकायहरुसंग समन्वय गरी रातको समयमा नदी क्षेत्रमा प्रहरी गस्ती परिचालन आएको डिएसपी लामिछानेले बताए ।

images
प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०८:५०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology