Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा चेपाङ समुदायको घरमा निःशुल्क विद्युत् मिटर जडान

इच्छाकामना गाउँपालिकाद्वारा चेपाङ समुदायको घरमा निःशुल्क विद्युत् मिटर जडान

images

इच्छाकामना न्युज

६, बैशाख २०८०
इच्छाकामना गाउँपालिकाद्वारा चेपाङ समुदायको घरमा निःशुल्क विद्युत् मिटर जडान
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत मिटर जडान गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको निति कार्यक्रममा उल्लेख गरे बमोजिम चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत मिटर जडान गरिदिएको हो ।

गाउँपालिकाले अहिलेसम्म वडा नं. ६ का चेपाङ समुदायका २१ घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले जानकारी दिए । उनका अनुसार वडा नं. ७ को २३ र वडा नं. ४ का १० घरमा पनि निःशुल्क नयाँ विद्युत मिटर जडान गर्ने अन्तिम तयारी भइरहेको छ । साथै चालु आर्थिक वर्षमा सो कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेकोले आवश्यकता अनुसार थप घरमा समेत निःशुल्क विद्युत् मिटर जडान गरिने उनले बताए।

गाउँपालिकाले वडा नं. ४ र ६ मा इच्छाकामनामा ग्रामिण विद्युतीकरण कार्यक्रम संचालन गरिरहेको मुग्लिन स्थित मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था मार्फत निःशुल्क मिटर जडान गरिरहेको छ भने वडा नं. ७ मा नेपाल विद्युत् प्राधिकरण मार्फत मिटर जडान गरिरहेको छ ।

गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरि यो कार्यक्रम ल्याइए पनि विपन्न वर्गका अन्य समुदायको घर परिवारमा समेत निःशुल्क विद्युत् मिटर जडान गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । साथै आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिदै उनीहरुको न्युनतम विद्युत् महशुल समेत गाउँपालिकाले तिर्ने योजना ल्याउने तयारी भैरहेको उनले बताए ।

images
प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १०:३४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology