मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा गुडिरहेको बसमा अचानक आगो लागेको छ । आज बेलुकी साँझपख काठमाण्डौबाट धनगढी जादै गरेको ना ८ ख ८४९६ नम्बरको बसमा अचानक आगो लागेको हो ।

आगलागीको कारण खुल्न सकेको छ । बसमा लागेको आगो स्थानीयले निभाएका थिए । आगलागीका कारण बसमा क्षति पुगे पनि बसमा सवार यात्रु भने सकुशल रहेको छ ।

यहि वैशाख २ गते शनिबार राति पनि कुरिनटारमा गौरबाट काठमाडौँ जादैँ गरेको बा. प्र. ०३००१ ख २५ ११ नम्बरको गुडीरहेको बसमा राती साढे १ बजे अचानक आगालागी भएको थियो ।
तस्विर सौजन्यः विनोद श्रेष्ठ