Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नयाँ वर्षको दिन करिब १० हजार यात्रुले चढे मनकामना केबुलकार

नयाँ वर्षको दिन करिब १० हजार यात्रुले चढे मनकामना केबुलकार

images

इच्छाकामना न्युज

२, बैशाख २०८०
नयाँ वर्षको दिन करिब १० हजार यात्रुले चढे मनकामना केबुलकार
images

कुरिनटार  । नयाँ बर्षको पहिलो दिन दश हजार जनाले मनकामना केबलकारको यात्रा गरेका छन् । मनकामना दर्शन प्रालिद्वारा चितवन कुरिनटारबाट गोरखा मनकामना मन्दिरसम्म सञ्चालित मनकामना केबुलकारबाट नयाँ वर्ष २०८० सुरुवातको पहिलो दिन शुक्रबारदश हजारजनाले यात्रा गरेका हुन् ।

प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले नयाँ वर्षको पहिलो दिनमै १० हजारहाराहारी यात्रुले मनकामना केबुलकार चढेर मनकामना मन्दिर दर्शन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत चैत मसान्तसम्म ७ लाख ५० हजार यात्रुले मनकामना केबुलकारबाट यात्रा गरिसकेका छन्। मनकामना केबुलकार साढे दुई दशकअघि स्थापना भएको थियो।

images
प्रकाशित मिति :बैशाख २, २०८० शनिवार - ०९:१२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology