कुरिनटार । गुडीरहेको बसमा आगालागि भएको छ । प्रहरी चौकी कुरिनटारका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा गौरबाट काठमाडौँ जादैँ गरेको बा. प्र.०३००१ ख २५ ११ नम्बरको गुडीरहेको बसमा राती १ : ३० बजे अचानक आगालागि भएको हो । आगालागिबाट बसमा रहेका सबै सामानहरु जलेर नष्ट भएको छ ।
बसमा स्टाफसहित २६ जना सवार थिए । प्रहरीका अनुसार मानवीय क्षती भने भएको छैन । दमकल शसस्त्र प्रहरी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।