Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँ क्षेत्र नं १ का गाउँ गाउँमा घण्टी क्रेज

तनहुँ क्षेत्र नं १ का गाउँ गाउँमा घण्टी क्रेज

इच्छाकामना न्युज

१, बैशाख २०८०
तनहुँ क्षेत्र नं १ का गाउँ गाउँमा घण्टी क्रेज

तनहुँ । यतिबेला देशका तीन क्षेत्रमा चुनाबि रौनक बढेको छ । बारा क्षेत्र न २ , चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा चुनाव लागेको छ । गाउँ गाउँमा चिया पसलमा चोक गल्लिमा चुनाबि गफ सुनिनथालेको छ । तनहुँ क्षेत्र नं १ मा पनि चुनाबि सरगर्मि ह्वात्तै बढेको देखिन्छ ।

images

नयाँ दलको रुपमा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टिको क्रेज तनहुँमा पनि बढ्दो छ । बिहिबार पार्टि सभापति रबि लामिछाने र उम्मेदवार डा.स्वर्णिम वाग्ले भानु नगरपालीका क्षेत्रका बिभिन्न स्थानहरु तुरतुरे , बाइसजाँगर , पोखरीछाप , नारेश्वरटार , चन्द्रावती , सेपाबगैचा लगायतका स्थानमा आयोजित कोणसभामा घण्टीको क्रेज देखिएको थियो ।

रबि लामिछाने र उम्मेदवार स्वर्णिम वाग्ले आउने थाहा पाए पछि आफ्नो घर अगाडि तामाका घडामा पानी र फूल राखेर स्वागतको लागी तयारी गरेका थिए भने दिउसै देखि हातमा फूल बोकेर स्थानिय आमा दिदी बहिनि हरु बसिरहेको दृष्य देख्न सकिन्थ्यो यता युवापुस्ता झण्डा बोकेर कार्यक्रम गर्ने स्थानको व्यवस्थापन गर्न व्यस्त देखिन्थे ।

आफ्नो क्षेत्रले पहिलो पटक राम्रो उम्मेदवार पाएको र एकपटक हेर्ने भन्दै टाढा टाढा बाट हिडेर आएका व्यक्तिहरु पनि देखिएका थिए । रबि लामिछाने नेतृत्वको पार्टि राष्ट्रिय स्वतन्त्र पार्टि प्रति जनताले आश गरेको देखिएको छ । रातको ८ बजे पनि सयौको संख्यामा स्थानियबासीहरु जम्मा भएर बसेको दृष्य देखिन्थ्यो । हरेक उमेर समुहका व्यक्तिहरु स्वतस्फूर्त रुपमा घण्टी अंकित झण्डा बोकेर हिड्नुले परिवर्तनको संकेत गरेको छ । 

images
प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - २२:०३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology