Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

नयाँ वर्षको दिन बिहानै मुग्लिन पुलजिपमा पौने ११ किलो गाजा सहित लमजुङ राईनासका युवा पक्राउ

नयाँ वर्षको दिन बिहानै मुग्लिन पुलजिपमा पौने ११ किलो गाजा सहित लमजुङ राईनासका युवा पक्राउ

images

इच्छाकामना न्युज

१, बैशाख २०८०
नयाँ वर्षको दिन बिहानै मुग्लिन पुलजिपमा पौने ११ किलो गाजा सहित लमजुङ राईनासका युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ मुग्लिन पुलजिपबाट अवैध लागुऔषध गाजाँ सहित एक युवा पक्राउ परेका छन् । आँबुखैरेनीको बेनिटार स्थित प्रहरीको नियमित चेकजाँचको क्रममा मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ६१२ नम्बरको बस रोकी चेकजाँच गर्दा उक्त युवालाई अवैध लागुऔषध गाजाँ सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राइनास नगरपालिका ८ लमजुङका २५ वर्षका सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार निजको साथबाट प्रहरीले १० किलो ८ सय ७५ ग्राम गाजाँ बराम गरेको छ भने पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - २०:५९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology