Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इच्छाकामना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
इच्छाकामना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नाराका साथ बुधबार इच्छाकामना गाउँपालिका रोजगार सेवा केन्द्र कुरिनटार चितवनको आयोजनामा गाउँपालिका कार्यालय कुरिनटारमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको आवश्यकता र इच्छाकामनामा भइरहेको गतिविधिबारे जानकारी गराएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले प्रधानमन्त्री रोजगार कार्यक्रमको आवश्यकता र महत्व बारे अभिमुखीकरण दिनुभएको थिायो । यसै गरि प्रधानमन्त्री रोजगार कार्यक्रम इच्छाकामनाका संयोजक आकाश शेरचनले प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय, उदेश्य, लक्ष्य, बेरोजगार व्यक्तिको प्राथमिकता क्रम निर्धारण, अयोजना छनौट, तथा कार्यन्वयन सम्भावना सुचि दर्ता र बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लागि पुन  : एकिकरण कार्यक्रम श्रम स्वीकृति सम्बन्धी तथा प्राविधिक रोजगार सहायक प्रदिप राई र धनराज गुरुङले योजनाको लागत र मुल्याङ्कनसहित प्राविधिक कार्यहरुको बारेमा अभिमुखीकरण दिनुभएको थियो ।

No description available.
इच्छाकामनामा यस आर्थिक बर्ष २०७९/८०मा ८ वटा योजनाहरु सञ्चालन भएका छन् । सो मध्ये केही सम्पन्न र केहीको काम भइरहेको संयोजक शेरचनले बताउनुभयो । ४३ लाख ८६ हजार रकमको काम भइरहेको उहाँले बताउनुभयो । यस कार्यक्रमबाट ७१ जनाले रोजगार पाएका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, वडा नम्बर २ का अध्यक्ष पञ्च बहादुर चेपाङ र वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर रानामगरले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रम दीपा चेपाङले सञ्चालन गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागी थिए ।

No description available.

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:३१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology