Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित एक युवा पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित एक युवा पक्राउ

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित एक युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ वेनीटारबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद ९ बुचाखानीका २२ वर्षीय विवश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९९४६ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

प्रहरीले निजको साथबाट नाइट्राभेट ६७५ ट्याब्लेट बरामद गरेको छ ।  निज विरुद्ध मंगलबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २२:५३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology